५ जेठ, २०८१ शनिबार

10:48:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यवसायीले डिपोबाट इन्धन उठाएनन्, ढुवानीको कमिसन बढाउनुपर्ने एक सुत्रीय माग, पम्पमा तेल अभाव हुनसक्ने

२१ फागुन, २०७८

सुरक्षा निकायका पम्प र साझाले मात्रै इन्धन लोड गर्यो

व्यवसायीले डिपोबाट इन्धन उठाएनन्, ढुवानीको कमिसन बढाउनुपर्ने एक सुत्रीय माग, पम्पमा तेल अभाव हुनसक्ने

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनमा आवद्ध निजी व्यवसायीले आयल निगमले कमिसन स्थगित गरेकोमा आपत्ति जनाउँदै तेल ढुवानी रोकेका छन् ।

यदी निगमले स्थगित नगरेको भए व्यवसायीले ०.१५ प्रतिशत थप कमिसन पाउँथे । तर त्यो कमिसन हाललाई स्थगित गरेको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यसैले अहिले व्यवसायीहरुले तेल उठाएका छैनन् । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपनि मासिक अर्बाैँको घाटा रहेको भन्दै हालका लागि व्यवसायीलाई दिँदै आइएको ढुवानी कमिसन स्थगित गर्ने निर्णय गरेको थियो । निगमले त्यो सँगै कर्मचारीको भत्तासमेत रोकेको सार्वजनिक गरेको थियो ।

तर व्यवसायीहरुले भने कमिसन दिनुपर्ने माग गरेका छन् । कमिसन नदिएको भन्दै उनीहरुले तेलको ढुवानी गरेका छैनन् ।

निगमले विहिबार तेलको मुल्य बढाए पनि कमिसन भने पुरानै राखेको थियो । पुरानो कमिसन प्रति लिटर ३ दशमलव १४ प्रतिशत छ । हालै मूल्य वृद्धि भए पनि सोही कमिसन नबढाइ पुरानै कायम गरिएको छ ।

यदी निगमले स्थगित नगरेको भए व्यवसायीले ०.१५ प्रतिशत थप कमिसन पाउँथे । तर त्यो कमिसन हाललाई स्थगित गरेको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यसैले अहिले व्यवसायीहरुले तेल उठाएका छैनन् । 

उता टंकर व्यवसायीले ढुवानी भाडा बढाउनुपर्ने माग गरेर आन्दोलन थालेका बेला एसोसिएसनले समेत आन्दोलन थालेपछि बजारमा तेलको अभाव हुने संकेत देखिएको छ । 

हाल नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र साझा पेट्रोल पम्पले मात्रै तेल लोड गर्दै विक्री गरिरहेका छन् । निजी पम्पका ट्यांकर डिपोमा थन्किएर बसेको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधाना कमिसन नबढाए तेल लोड नगर्ने दावी गर्नुहुन्छ ।

उता टंकर व्यवसायीले ढुवानी भाडा बढाउनुपर्ने माग गरेर आन्दोलन थालेका बेला एसोसिएसनले समेत आन्दोलन थालेपछि बजारमा तेलको अभाव हुने संकेत देखिएको छ ।