६ जेठ, २०८१ आइतबार

08:29:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिबन्धात्मक व्यवस्था हटेसँगै सबै किसिमका गतिविधि थप चलायमान, आर्थिक विकासका ग्राफ बढ्ने विश्वास

२१ फागुन, २०७८

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ

प्रतिबन्धात्मक व्यवस्था हटेसँगै सबै किसिमका गतिविधि थप चलायमान, आर्थिक विकासका ग्राफ बढ्ने विश्वास

काठमाडौँ,
काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आज शनिबारदेखि खुला गरिएको छ ।

जसका कारण सबै प्रकृतिका आर्थिक गतिविधि थप चलायमान भएको छ ।  यसले आर्थिक ग्राफ बढ्ने व्यवसायीहरुले विश्वस लिएका छन् 

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले जारी गरेको आदेशानुसार आज शनिबारदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा सञ्चालन गर्न सकिने छ । 

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले जारी गरेको आदेशानुसार आज शनिबारदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा सञ्चालन गर्न सकिने छ । 

ती प्रशासन कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ ।

यसअघि अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुनेगरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । उक्त आदेशमा  फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था कायम राखिएका थियो । 

  • कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सुरु गरेको 

  • प्रशासनले अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुनेगरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी आदेश जारी गरेको थियो ।

यस्तै सपिङ मल सुपरमार्केटलगायतमा मानिस भीडभाड हुने क्षेत्रमा ५० जना भन्दा बडी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै डान्सबार दोहारी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।

कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सुरु गरेको थियो । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।