२ जेठ, २०८१ बुधबार

04:05:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल प्याब्सन अध्यक्षका प्रत्यासी न्यौपानेका सुधारका एजेण्डा के ?

२१ फागुन, २०७८

राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने

नेशनल प्याब्सन अध्यक्षका प्रत्यासी न्यौपानेका सुधारका एजेण्डा के ?

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले आफु अध्यक्ष बन्ने बताउनुभएको छ । 

उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।

नेपाल विजनेड डटकमसंग कुरा गर्दै अध्यक्षका उम्मेद्वार न्यौपानले समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सङ्गठनको महाधिवेशन फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।