२ मंसिर, २०८१ आइतबार
07:33:45 AM
२० फागुन, २०७८
काठमाण्डौं
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शुक्रबार गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले ७ वर्ष अवधिको ८.७५ गरिमा डिबेञ्चर, २०८५ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको थियो । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत वा २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।