२२ बैशाख, २०८१ शनिबार

06:01:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मकवानपुरमा १९ करोडको लागतमा विद्यालय भवन निर्माण हुँदै

२० फागुन, २०७८

विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने

मकवानपुरमा १९ करोडको लागतमा विद्यालय भवन निर्माण हुँदै

काठमाण्डौ । मकवानपुरका विभिन्न पालिकामा करिव १९ करोडको लागतमा तीनवटा विद्यालयको भवन निर्माण हुने भएको छ । एडिवीको सहयोगमा भौतिक संरचना कमजोर भएका विधालयहरुको भवन निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले एक कार्यक्रमका बीच एडिवीको सहयोगमा मकवानपुरको गोकुले माध्यमिक विद्यालयको पाँच करोड ९२ लाख ६५ हजारको लागतमा १८ कोठे भवन, २ नं वडास्थित कालीदेवी माविको रु छ करोड ९६ लाख ६१ हजारको लागतमा १८ कोठे भवन र ८ नं वडामा जनकल्याण माविको रु पाँच करोड ९४ लाख २८ हजारको लागतमा १८ कोठे भवनको एकसाथ सिलन्यास गर्नुभएको छ ।

गुणस्तरीय शिक्षाका लागि भौतिक संरचना महत्वपूर्ण पक्ष रहेको भन्दै उद्घाटन शत्रमा मन्त्री पाण्डेले शिक्षकले पनि इमान्दार भएर पठन पाठन गराउनुपर्ने बताउनुभयो । उहाँले विधालय भवन राम्रो हुँदैमा विधार्थीले राम्रो पढ्छन भन्ने नहुने भन्दै त्यसको जिम्मेवार शिक्षक हुने बताउनुभयो । 

उहाँले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताउनुभएको छ । “तपाईँ शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस् उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ”, उहाँले भन्नुभयो ।

उहाँले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक हुनुपर्छ अनिमात्र क्षमतावान् जनशक्ति उत्पादन हुन्छ ।”