२ मंसिर, २०८१ आइतबार
10:27:44 AM
१९ फागुन, २०७८
बैंकले प्रुडेन्सि क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाम रहेको ५० हजार कित्ता र संस्थापक सेयरधनी धनबहादुरको नाममा रहेको ३ हजार २४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयरहरु बिक्री गर्ने भएको छ । बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले प्रुडेन्सि क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको स्वामित्वमा रहेको ४५ हजार ९९१ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । त्यस्तै, बैंकले प्रुडेन्सि क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाम रहेको ५० हजार कित्ता र संस्थापक सेयरधनी धनबहादुरको नाममा रहेको ३ हजार २४३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । जसमा प्रुडेन्सि क्यापिटलको प्रतिकित्ता २५० रुपैयाँ र धनबहादुर कार्कीको नाममा रहेको सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउँने छन् । सो सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बुटवल कालिकानगरमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदको लागि आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।