४ जेठ, २०८१ शुक्रबार

10:57:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेन सुरु, उपभोक्ताले हरेक घण्टा स्मार्ट फोन जित्न सक्ने

१९ फागुन, २०७८

स्प्राइटका ब्राण्ड एम्बासाडर नायक अनमोल के.सी. रहनुभएको छ । यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्

‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेन सुरु, उपभोक्ताले हरेक घण्टा स्मार्ट फोन जित्न सक्ने

काठमाण्डौं

पेय पदार्थ स्प्राइट कम्पनीले गर्मीको सिजनका लागि ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेनको सुरुवात गरेको  । यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो, जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ । 

स्प्राइटका ब्राण्ड एम्बासाडर नायक अनमोल के.सी. रहनुभएको छ । यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउने कम्पनीले जानकारी दिएको छ । 

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ अथवा सिधै www.sprite.com.np मा लगइन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।

यो योजना चैत १६ सम्मलागु हुनेछ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु प्नि उपलब्ध छन् । 

ग्राहकहरुले पुरस्कार परेको युनिक कोर्ड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ । थप नियम र शर्तहरु सम्बन्धि विस्तृत विवरण स्प्राइटकोे आधिकारिक वेवसाइटबाट जानकारी लिन सकिनेछ ।