२ मंसिर, २०८१ आइतबार

10:37:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लगानीर्ताको हात खाली

१९ फागुन, २०७८

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले भोलि (फागुन २० गते) १७ औं वार्षिक साधारण सभा बोलाएको हो

कर्णाली डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लगानीर्ताको हात खाली

काठमाडौं
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले भोलि (फागुन २० गते) १७ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको उक्त सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

बैंकले सेयरधनीहरुका लागि लाभांश प्रस्ताव भने गरेको छैन । त्यसैले लगानीर्ताको हात खाली रहनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजानार्थ कम्पनीले माघ २८ गते देखि फागुन २० गतेसम्म बुक क्लोज गरेको हुँदा माघ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।