७ मंसिर, २०८१ शुक्रबार

07:40:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना सेवा विकास बैंकको थप ३ वटा शाखा चितवनमा

१९ फागुन, २०७८

बैंकका १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ

कामना सेवा विकास बैंकको थप ३ वटा शाखा चितवनमा

काठमाडौं
कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा थपेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.०८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा१३२ औँ शाखा कार्यालय स्थापना गरी बुधबारदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।  बैंकले Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
 
३ वटा शाखा थपेसँगै बैंकका १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।