२ मंसिर, २०८१ आइतबार
10:40:19 AM
१८ फागुन, २०७८
काठमाण्डौं
बैंकहरूको निक्षेप संकलन एकै दिनमा ५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन १५ गते, आइतबारसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १३ गते, शुक्रबारसम्म बैंकहरूको निक्षेप ४३ खर्ब १३ अर्ब रूपैयाँ रहेको थियो । एक दिनको अवधिमा बैंकहरूको निक्षेप ५ अर्बले बढेको हो । यसै अवधिमा कूल निक्षेप पनि ४ अर्बले बढेर ४८ खर्ब ८० अर्ब रूपैयाँबाट ४८ खर्ब ८४ अर्ब पुगेको छ ।
निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि बढेको छ । बैंकहरूको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६३ अर्ब पुगेको छ । यसै अवधिसम्म कुल कर्जा लगानी ३ अर्बले बढेर ४६ खर्ब ९० अर्ब रूपैयाँ पुगेको हो ।
बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९०.३२ प्रतिशतबाट घटेर ९०.२९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।