२ मंसिर, २०८१ आइतबार

09:12:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

१८ फागुन, २०७८

नबिल बैंकले नेपाल बंगलादेश बैंबलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभ्ने

नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं
नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सहमति दिएको छ। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न सहमति दिएको हो।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। सहमति अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको थियो। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभ्ने छ।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने छ। सौद्धान्तिक सहमति पाएको ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था रहेको । सोही व्यवस्था अनुसार आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंकबिच एकीकृत कारोबार हुने भएको छ ।