६ मंसिर, २०८१ बिहिबार
02:50:27 PM
१८ फागुन, २०७८
टेण्डर नहुँदा कच्चा पदार्थको अभाव भयो । जसले गर्दा उत्पदन कम भयो । यसपाली त्यस कुरालाई चिरेर अगाडि बढ्छौँ । टेण्डर पास भयो भने हामीसँग साढे चार महिनाको समय छ, हामीले आफ्नो लक्ष्य पुरा गर्छौं ।
काण्माण्डौं
नेपाल सरकारको स्वामित्वमा रहेको सिंहदरबार वैद्यखानाको छवी पछिल्लो समय खस्किदै गएको छ । कहिले नेतृत्वविहन हुन्छ भने कहिले ग्राहकहरुले खोजेका औषधी पाइदैनन् । जसका कारणले उपभोक्तहरु औषधी पसलको झ्यालबाट फर्कन्छन् ।
यसै सन्दर्भमा रहेर समग्र वैद्यखानाको अवस्थाका बारेमा सिंहदरबार वैद्यखाना विकास समितिका नि.कार्यकारी प्रमुख डा.सबरी साहसँग नेपाल विजनेशले गरेको कुराकानीः
१) सिंहदरबार वैद्यखानाको अवस्था कस्तो छ ?
सिंहदरबार वैद्यखानाको अवस्था ठिकै–ठिकै भन्नु पर्छ । वैद्यखानाले आफ्नो क्षमता अनुसार अहिले उत्पादन गरिरहेकै छ । त्यहि भएर त्यसलाई खराब भन्न मिल्दैन । ठिकै भन्न मिल्छ ।
२) कस्ता –कस्ता औषधी उत्पादन हुन्छ ?
वैद्यखानामा धेरै किसिमको औषधी उत्पादन हुन्छ । जस्तो चुरनदेखि भष्म, बट्टी, गुग्लु लगायतका सबै औषधी उत्पादन हुन्छ ।
३) वैद्यखानाबाट औषधी किन्नेको जमात कस्तो छ ?
वैद्यखानाको औषधीमा उपभोक्ताको विश्वसनियता अहिले पनि छ । नेपाली जनतालाई यदि आयुर्वेद औषधी सेवन गर्नु प¥यो भने उ चाहन्छ वैद्यखानाबाट उत्पादित औषधी होस् । त्यो किसिमको जनभावना पनि छ । यहाँ औषधी पायो भने सेवाग्राही एकदमै खुसी हुन्छन् ।
औषधी पाएन भने उनीहरुले गुनासो गर्छन् । उहाँहरुको मागलाई मध्यनजर गर्दै उत्पादनमा केन्द्रित भइरहेका छौँ ।
४) उत्पादन किन कम ?
वैद्यखानाले माग अनुसारको उत्पादन गर्न नसकेको अवस्था छ । उत्पादन कम हुनुको विभिन्न कारण छन् । जडिबडीको ठेक्कादेखि लिएर मेसिनको अवस्था लगाएतका कुरा छन् ।
यो आर्थिक वर्षमा मैले उत्पादनमा अलि सुधार गरेकै छु । पहिलेको दुई वर्षको इतिहास हेर्ने हो भने राम्रै छ ।
गत वर्षको तुलनामा ३ वटै रेन्चमा ४/५ गुणा च्यवनप्रास उत्पादन गरेका छौँ । हामीसँग सुगर फ्रि, स्पेशल र साधारण च्यवनप्रास छ ।
५) ठेक्कापट्टा कसरी हुन्छ ?
नेपाल सरकारको जुन प्रक्रिया छ, त्यही प्रक्रियाबाट हामीले टेण्डर गछौँ । हामी टेण्डरको नजिक आइपुगेका छौँ । त्यसका लागि आन्तरिक छलफलमा छौँ । अब छिट्टै टेण्डर निस्कन्छ । त्यो टेण्डर निकस्ने पछि वैद्यखानाको अवस्था सुध्रिन्छ । ३५ दिन टेण्डरको म्याद हुन्छ ।
त्यसपछि सम्झौता गर्न, यताउता गर्दा प्रक्रिया मिलाउदा–मिलाउदै लगभग दुई महिनाको टाइम जान्छ । नयाँ वर्षपछि वैद्यखानाको उत्पादनमा बढोत्तरी हुन्छ मलाई पूर्ण विश्वास छ ।
६) जस्तो वैद्यखानाले उत्पादन गर्ने च्यवनप्रासको चर्चा अन्तराष्ट्रिय कम्पनीले उत्पादन गर्ने च्यवनप्रास जति किन हुँदैन ?
मलाई लाग्दैन अरु कम्पनीको तुलनामा यसको चर्चा कम छ । यस्तो हुन्छ, उनीहरुले एड (विज्ञापन) बढि दिन्छन् । धेरै मान्छेलाई प्रचारप्रसार बढि भएर थाहा छ । वैद्यखाले त्यो एड दिँदैन ।
तपाईले एक चोटी डाबरको च्यवनप्रास र वैद्यखानाको च्यवनप्रास खाएर हेर्नुस त्यसपछि दुईबीचको अन्तर तुरुन्त थाहा हुन्छ ।
वास्तविक वैद्यखानाको च्यवनप्रासरमा के रहेछ भनेर । वैद्यखानाको च्यवनप्रासमा मौलिकता के छ भने यो जंगली आलो आवलाबाट बनाउछौँ । र अरु कम्पनीले सुकेको अवलाबाट च्वयनप्रास बनाउँछ । त्यही भएर म एकदम विश्वसनियताका साथ भन्छु अरु कम्पनीको तुलनामा वैद्यखानाको च्यवनप्रास बढि प्रभावकारी छ ।
७) उपभोक्ता माझ किन पुग्न सकेको छैन ?
यसपाली बजारमा च्यवनप्रासको कमि छैन । गत वर्ष कोरोना महामारी हुँदा च्यवनप्रास बनाउन सकिएन । त्यति बेला म यो कुर्सीमा थिएन । म नेतृत्वमा आएपछि १२÷१३ केजी च्यवनप्रास बनाएको छौँ । गतवर्ष यो अवस्था थिएन । त्यहि भएर गुनासो पनि आयो । यो वर्ष च्यवनप्रासको गुनासो छैन । बजारमा छ्याप्छ्याप्ती छ ।
८) वैद्यखानाले विज्ञापन गर्न मिल्दैन र ?
विज्ञापन गर्न नमिल्ने होइन, तर यसको आवश्यकता मैले देखेको छैन । यो कम्पनी आफैँमा प्रख्यात छ । अरु कम्पनीको औषधी उत्पादन गर्न सजिलो छ तर बेच्न कठिन छ । तर वैद्यखानाको उत्पादन गर्न कठिन छ तर बेच्न सजिलो छ । उत्पादनमा जोड दिनुपर्यो ।
९) जडिबुटी आयात हुन्छ या नेपालकै जडिबुटीले धान्छ ?
हामीले टेण्डर गर्दा जसकोमा टेण्डर पर्छ उसले नै जडिबुटी ल्याउने हो । अब सबै जडिबुटी नेपालमै पाउँछ भन्ने जरुरी छैन । सबै जडिबुटी भारतमा छ भन्ने पनि होइन । ठेक्दारले केहि नेपाली जडिबुटी ल्याउँछन् भने केहि भारतबाट पनि ल्याउँछन् । उहाँहरुले आफूलाई सहुलियत छ त्यो हिसाबले गर्छन् ।
उहाँको कुरा हो त्यसमा हाम्रो हस्तक्षेप खासै हुँदैन । जस्तो सुगन्धा छ यो नेपालमा पाइदैन, त्यो भारतमा छ त्यहिबाट ल्याउनु पर्छ । पट्की, जटामसी, चिराइतो, तुलसी, तेजपत्र नेपालमै पाइन्छ । धेरै जसो नेपालकै जडिबुटी प्रयोग हुन्छ । हामीले डाइरेक्ट खरिद गर्दैनौ ।
ठेकदारबाट लिने हो । उनीहरुले कहाँबाट कसरी मिलाउन्छ उनीहरुको कुरा हो । कसरी ल्याउनुहुन्छ त्यो हाम्रो सरोकारको विषय होइन ।
१०) कारोबार कस्तो छ ?
प्रत्येक वर्ष वैद्यखानाको उत्पादन लक्ष्य हुन्छ तथा बिक्रि लक्ष्य हुन्छ । यसपाली उत्पादन गरेर १० करोड रुपैयाँसम्म बेच्ने लक्ष्य छ । कति सकिन्छ, सकिदैन त्यो पछिको कुरो हो ।
हामीले उत्पादन गर्ने केहि लक्ष्य पुरा गर्यौ ।
जस्तो च्यवनप्रास सिजनल थियो त्यसको ७५/८० प्रतिशतसम्म लक्ष्य पुरा ग¥यौ । अब अरु –अरु औषधी उत्पादन भइरहेको छ । टेण्डर भएपछि धेरै लक्ष्य पुरा गछौँ । टेण्डर जति ढिलो हुन्छ त्यति उत्पादन लक्ष्य घट्छ । अब हामीलाई जेठ असारमा थाहा हुन्छ हाम्रो लक्ष्य के थियो र उत्पादन कति गर्यौँ ।
अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन । योपाली हामीले लक्ष्यको ७०/७५ जति पुरा गछौँ जस्तो लाग्छ । गतवर्ष पौने तीन करोडको औषधी बिक्रि गर्यौँ । त्योभन्दा अघिल्लो वर्ष त्यहि रेन्जमा थियो । त्योभन्दा अघि अलि बढि थियो । किनकी गत वर्षदेखि टेण्डर भएकै छैन । टेण्डर नहुँदा कच्चा पदार्थको अभाव भयो । जसले गर्दा उत्पदन कम भयो ।
यसपाली त्यस कुरालाई चिरेर अगाडि बढ्छौँ । हामीलाई विश्वास छ, टेण्डर पास भयो भने हामीसँग साढे चार महिनाको समय छ, हामीले आफ्नो लक्ष्य पुरा गछौँ ।
११) आयुर्वेद तथा आधुनिक उपचार पद्दतीमा के फरक छ ?
आयुर्वेद औषधी प्राकृतिक स्रोतमा निर्भर रहन्छ । मेडिकलको औषधी क्यामिकल बेसमा हुन्छ । अर्को कुरा उपचार गर्न सिद्धान्त फरक हुन्छ ।
१२) बढि औषधी कुन बिक्रि हुन्छ ?
बढि बिक्रि हुनेमा सिलाजित, च्यवनप्रास, अभिप्रतिकर्ण चुन, त्रिफला चुन, मिमिया, सन्पिन चुन, गुग्लु लगायतका औषधी हुन् । यी टप टेनमा पर्छन् । बाँकी पनि बिक्रि हुन्छन् ।
१३ ) नेपालमा आर्युवेद औषधीको माग कस्तो छ ?
नेपालमा मात्र होइन, आर्युवेद औषधीको माग विश्वमा नै छ । विश्वमा हेर्नुहुन्छ भने ७० देखि ८० प्रतिशतले प्ररम्परागत औषधी प्रयोग गर्छन् । सबै देशको आ–आफ्नो छ । ७० देखि ८० प्रतिशत नागरिकले कुनै न कुनै रुपमा आयुर्वेद औषधी प्रयोग गरिरहेकै हुन्छ ।
१४) वैद्यखानाबाट उत्पादन हुने औषधीको चर्चा बढाउन के गर्नुपर्ला ?
यो संस्था नेपाल सरकारको औषधी उत्पादन तथा बिक्रि गरेर नाफा कमाउने संस्था हो । यसलाई प्रभावकारी बनाउन र चर्चामा ल्याउन बजेट समयमा पास हुनु पर्यो । योजना त्यो हिसाबको बन्नु पर्यो । खरिद प्रक्रिया समयमा हुनुपर्यो । भौतिक पूर्वाधार, दक्ष जनशक्ति छन् । ४२ जना स्थायी, २/३ जना नेपाल सरकारको कर्मचारी र बाँकी आवश्यकताको हिसाबले ज्यालादारीमा पनि राख्छौँ ।