२ मंसिर, २०८१ आइतबार

09:35:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि विकास बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१८ फागुन, २०७८

साधारणसभाबाट पारित भएको उक्त २० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा

कृषि विकास बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं
कृषि विकास बैंकले आफ्ना सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । गत पुस २९ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारणसभाबाट पारित भएको उक्त २० प्रतिशत बोनस सेयर गत पुस १९ गतेसम्म सेयर औभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको छ ।  गत पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट  खातामा जम्मा गरिएको र उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा क्रमशः उक्त बोनस सेयर जम्मा हुने बैंकले जनाएको छ  ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफनो बोनस सेयर समेत डिम्याट खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको बैंकले जनाएको छ ।