४ जेठ, २०८१ शुक्रबार

09:04:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढेर आयो तेलको मूल्य, आयल निगम फेरि मूल्य वृद्धिको तयारीमा

१७ फागुन, २०७८

बढेर आयो तेलको मूल्य, आयल निगम फेरि मूल्य वृद्धिको तयारीमा

नेपाल विजनेश समाचारदाता,
काठमाडौं।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा मुल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । 

कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५  प्रति ब्यारेल पुगेको छ । त्यसैले भारतबाट मूल्य बढेर आएको छ .. यसको संकेत भनेको अब फेरि आयल निगम मुल्य बढाउने तयारीमा लागेको हो । 

यस्तै हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको निगमले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो । यसको संकेत भनेको अब फेरि आयल निगम मुल्य बढाउने तयारीमा लागेको हो । 

निगमका अनुसार अब आधा महिनामा नै करिब ३ अर्ब बढी रकम घाटा हुने स्थिति पैदा भएको छ । रसिया र युक्रेनबिचको द्धन्द्धलाई मुख्य कारण देखाइएको छ । त्यसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भएको निगमको भनाइ छ । 
कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५  प्रति ब्यारेल पुगेको छ । त्यसैले भारतबाट मूल्य बढेर आएको छ । यो वर्ष लागेपछि निगमले २८ अर्ब घाटा बेहोरिसकेको छ । यसअघि पनि पटकपटक तेलको मूल्य वृद्धि हुँदै आए पनि घाटाको व्यापार भइरहेको निगमले जनाउँदै आएको छ ।