२ मंसिर, २०८१ आइतबार
10:10:31 AM
१७ फागुन, २०७८
प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परीक्षणका लागि ल्याउनुपर्ने
चितवन,
चितवन र नवलपुरका पानी उद्योगीले संयुक्त रुपमा नारायणगढमा पानी परीक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् ।
हालैमात्र पानीको गुणस्तर कायम गरी पूर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रोवायोलोजी ल्याव खडा गरिएको छ ।
चितवन र नवलपुरका २६ पानी उद्योगीले ३५ लाख लागतमा सिएन वाटर टेस्टिगं एण्ड एनालाइसिस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् ।
माईक्रोवायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छजनाइएको छ । चितवन र नवलपुरका २६ पानी उद्योगीले ३५ लाख लागतमा सिएन वाटर टेस्टिगं एण्ड एनालाइसिस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् ।
त्यसमा चितवन र नवलपुरमा २६ वटा पानी उद्योग रहेका छन् । त्यो मध्य २३ ले बोतल र जार दुबै उत्पादन गर्ने गरेका छन् भने ३ वटाले जारमात्रै उत्पादन गर्ने गरेका छन् ।
प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परीक्षणका लागि ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको सुमन मिनरल वाटर उद्योगका संचालक सोमप्रसाद काप्रीले बताउनुभयो । उहाँको उद्योगले आक्वा, पियुष, रुचाङ्गं एड्भेन्चरलगाएतका धेरै ब्राण्डका पानी बजारमा पठाउँने गरेको छ ।
उद्योगीले ल्याव संचालनको लागि मासिक १० हजार रुपैया संकलनसमेत गर्ने गरेको उहाँले जानकारी दिनुभएको छ । यस अघि काठमाडौंको र नेपाल खानेपानी संस्थानको क्षेत्रीय पानी प्रयोगशालामा पानी परीक्षणका लागि पठाउने गरेको र त्यो झण्झट भएपछि सबै मिलेर चितवनमा प्रयोगशाला राखेको उहाँको भनाई छ ।
चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र ४ हजार काटुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताउनुभयो । गर्मीमा केही बढ्ने गरे पनि उत्पादनका आधारमा बजारमा माग धेरै कम रहेको जनाइएको छ ।
चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र ४ हजार काटुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताउनुभयो । गर्मीमा केही बढ्ने गरे पनि उत्पादनका आधारमा बजारमा माग धेरै कम रहेको जनाइएको छ ।
ल्यावका अध्यक्ष केशव घिमिरेले उपभोक्ता लाई क्वालिटिको पानी खुवाउने उदेश्यका साथ ल्याव स्थापना गरिएको बताउनुभयो । हरेक हप्ता पानी परीक्षण हुने र परीक्षणका क्रममा समस्या देखिए तुरुन्तै उत्पादित पानीको बिक्री रोकेर समस्या समाधान गर्न उद्योगमा अप्राविधिक पठाउने र पुन पानी परिक्षण गरेर समस्या नभएपछी मात्रै बजारमा पठाउने उहाँले बताउनुभयो ।
प्रयोगशालाका माईक्रोवायोलोजिस्ट सन्दिप सापकोटाले नेपाल सरकार खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्यावको मापदण्डलाई आधार मानेर पानीको परीक्षण गर्ने गरेको बताउनुभयो ।