२० बैशाख, २०८१ बिहिबार

12:31:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

न्यायाधीश र एकापरिवारको सम्पति सार्वजनिक हुनेगरी कानूनको माग, शंकास्पद न्यायाधीशमाथि छानवीन गर्नुपर्ने निष्कर्ष

१७ फागुन, २०७८

कानुन व्यवसायी सम्मेलनमा २४ बुँदे घोषणापत्र जारी

 न्यायाधीश र एकापरिवारको सम्पति सार्वजनिक हुनेगरी कानूनको माग, शंकास्पद न्यायाधीशमाथि छानवीन गर्नुपर्ने निष्कर्ष

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनले न्यायाधीश तथा तिनका परिवारकै सम्पति विवरण सार्वजनिक गर्नुपर्नेसहितको कानूत व्यवस्था आवश्यक भएको निष्कर्ष निकालेको छ । 

अदालतमा नियुक्त सबै तहका न्यायाधीश, न्यायपरिषदका सदस्य तथा एकासगोलका परिवारका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र कुनै विवरण लुकाएको पाइउ फौजदारी दायित्व बहन गर्ने गरी कानूनी व्यवस्था गर्न माग गर्दछ’, घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसरी सम्पति सार्वजनिक नगरी लुकाएको पाइएमा फौजदारी अभियोग लाग्नसक्ने गरी कानून तर्जुमा गर्न माग गरिएको छ । 
मंगलबार (आज) सम्पन्न १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनले न्यायलयभित्र हुने विकृति विसंगति, भ्रष्टाचार तथा विचौलियाको नियन्त्रणमा केन्द्रित गरी २४ बुँदे घोषणापत्र सार्वजनकि गरेको छ ।

‘अदालतमा नियुक्त सबै तहका न्यायाधीश, न्यायपरिषदका सदस्य तथा एकासगोलका परिवारका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र कुनै विवरण लुकाएको पाइउ फौजदारी दायित्व बहन गर्ने गरी कानूनी व्यवस्था गर्न माग गर्दछ’, घोषणापत्रमा उल्लेख गरिएको छ ।

निलम्वित प्रधानन्यायाधीश अस्विकृत 

निलम्वित प्रन्याको बहिर्गमन नै न्ययपालिका सुधारको प्रस्तान विन्दु भएको सम्मेलनले उल्लेख गरेको छ ।

संसदमा महाअभियोग दर्ता भएसँगै निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई न्यायालय र सार्वजनिक दायित्वको पदमा अस्विकृत गर्ने उद्घोषसहितसम्मेललने  अदालतमा व्याप्त भ्रष्टाचार निर्मूल पार्न अन्य सेटिङ, पुर्वाग्रहमा परी न्यायमा विचलन ल्याउने भनी शंकास्पद भूमिका निर्वाह गरेका सर्वाेच्च र अन्य अदालतका न्यायाधीशमाथि छानविन प्रक्रिया अघि बढाइ कारवाहीको दायरामा ल्याउन माग गरेको छ । 

कार्की नेतृत्वको प्रतिवेदन कार्यान्यवनको माग 

सम्मेललने कुनै मुद्दा विशेषको आधारमा पदक नदिन पनि अनुरोध गरेको छ । न्यायालयमा देखिएका विकृति, विसंगति तथा भ्रष्टाचार नियन्त्रणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै लैजान पनि आव्हान गरेको छ । 

त्यो बाहेक अन्य न्यायालय सुधारका लागि आवश्यक पर्ने कानून, नियम संसोधन तथा परिमार्जनलगायतका विषयमा एक छुट्टै उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन भनेको छ ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश नरहने व्यवस्था हुनुपर्ने

संवैधानिक परिषदमा प्रधान्यायाधीशको भूमिकामाथि प्रश्न उठेकाले परिषदमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संसोधन गर्न पनि घोषणापत्रमार्फत माग गरिएको छ ।