४ जेठ, २०८१ शुक्रबार

11:40:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित

१७ फागुन, २०७८

कुशल व्यवस्थापन र व्यावसायीक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाइल्यान्डमा आयोजित एक कार्यक्रममा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो ।

गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित

काठमाण्डौं

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित हुनुभएको छ । फ्रान्स पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले उहाँलाई बिजनेस म्यानेजमेन्टमा विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको हो ।

कम्पनीका अनुसार उहाँलाई कुशल व्यवस्थापन र व्यावसायीक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाइल्यान्डमा आयोजित एक कार्यक्रममा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो । गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आवद्ध हुनुहुन्छ ।