७ मंसिर, २०८१ शुक्रबार

07:13:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकका निर्वाचित संचालकहरुले लिए सपथ ग्रहण

१७ फागुन, २०७८

महालक्ष्मी विकास बैंकका निर्वाचित संचालकहरुले लिए सपथ ग्रहण

काठमाण्डौं

महालक्ष्मी विकास बैंकको २० औं साधारणसभाबाट चयन भएका अध्यक्ष,संस्थापक र सर्वसाधरण समूहबाट निर्वाचित संचालकहरुले सपथ लिएका छन्। नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबीच अध्यक्ष उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको बैंकले जानकारी दिएको हो । 

संचालक समितिले राजेश उपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

फागुन १३ मा भएको साधारणसभाबाट संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि, दिपककुमार रौनियार निर्वाचित हुनु भएको थियो । सर्वसाधरण समूहबाट श्यामसुन्दर रुगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल निर्वाचित हुनु भएको थियो ।