२ मंसिर, २०८१ आइतबार

10:41:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंक र पाल्पाका तीनै स्थानीय तहबीच सम्झौता, आर्थिक रुपान्तरणमा सहयोग गर्ने

Nepal Business

१७ फागुन, २०७८

नबिल बैंक र पाल्पाका तीनै स्थानीय तहबीच सम्झौता, आर्थिक रुपान्तरणमा सहयोग गर्ने

काठमाण्डौं

हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउपालिका, तिनाउ गाउपालिका पाल्पा बीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा तीनै स्थानीय तहबीच सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य, पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले  हस्ताक्षर गर्नुभयो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोसे ढुंगा साबित हुने बताउनुभयो । यसले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताउनुुुभयो । 

इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कृषि तथा पशु उद्यमशीलताको मूल्यशृंखलालाई अझ मजबुत बनाउँदै हेफरले सम्झौताले देखेको उद्देश्य प्राप्तिका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तानसेन पालिकाका प्रमुख शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्‍याउन सम्झौता निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिलासुस्ती हुने अवस्थाको अन्त्य गर्दै बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने बताउनुभयो ।

बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले आफूलाई ठूला–ठूला कर्जा दिनुभन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउँदा खुशी लागेको बताउनुभयो । बैंकले २०७८ असार १५ गते धान दिवसको अवसरमा दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको थियो।