४ जेठ, २०८१ शुक्रबार

10:08:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महाशिवरात्रिका अवसरमा एनसेलको ‘विशेष डाटा’ अफर

१७ फागुन, २०७८

यस्तै १४७ रुपैयाँमा ७ दिनका लागि ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउने कम्पनीले जानकारी दिएको छ ।

महाशिवरात्रिका अवसरमा एनसेलको ‘विशेष डाटा’ अफर

काठमाण्डौं

एनसेलले महाशिवरात्रिका अवसरमा सुलभ मूल्यमा ‘विशेष डाटा’ अफर ल्याएको छ । कम्पनीले सो अफरमा नयाँ ‘अल टाइम डेटा प्याक’ ल्याएको हो । 

सो अफरमा ग्राहकहरुले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । ‘डेटा प्याक’को समयावधी  ७ दिनको रहनेछ । जसमा ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ । 

यस्तै १४७ रुपैयाँमा ७ दिनका लागि ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यसअघि ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोल्युम बढेर ४ जीबी बनाइएको हो । 

ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त गर्न सक्नेछन् । 

सो अफरका लागि ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक खरिद गर्न सक्नेछन् । 

भिडियो सहित