१ जेठ, २०८१ मंगलबार

03:09:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति पाउला राष्ट्र उत्थान लघुवित्तको आईपीओले ओपनिङ्ग रेञ्ज ?

१७ फागुन, २०७८

प्रति सेयर न्युनतम १ सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ्ग रेञ्ज निर्धारण गर्ने सम्भावना

कति पाउला राष्ट्र उत्थान लघुवित्तको आईपीओले ओपनिङ्ग रेञ्ज ?


काठमाडौं
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते फागुन ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को फागुन १२ गते बाँडफाँड सम्पन्न भइसकेको छ । आईपीओ बाँडफाँड भएपछि लगानीकर्ताहरूलाई कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ्ग रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।