९ बैशाख, २०८२ मंगलबार

07:14:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साल्ट ट्रेडिङको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त

१७ फागुन, २०७८

फागुन १६ गते सोमबार बसेको सञ्चालक समितिको १०१६औं बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको

साल्ट ट्रेडिङको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त

काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त हुनु भएको छ । फागुन १६ गते  सोमबार बसेको सञ्चालक समितिको १०१६औं बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । २००२ साल मंसिर २४ गते पाल्पाको तानसेनमा जन्मिनु भएका कल्याण गोविन्द श्रेष्ठ साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा बोर्ड सदस्य हुनुहुन्थो ।

यसअघि कम्पनीको अध्यक्षमा लक्ष्मीदास मानन्धर हुनुहुन्थो । उहाँको निधनपछि उक्त पद रिक्त रहेको थियो। सोही रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।