४ जेठ, २०८१ शुक्रबार

09:40:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल

Nepal Business

२६ मंसिर, २०७८

काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल

काठमाडौँ, २६ मंसिर । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी ९बिएसी० का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।

बिएसी भवनमा आज भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटका क्रममा  अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताउनुभएको राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । रासस