२ मंसिर, २०८१ आइतबार

11:11:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

१७ फागुन, २०७८

आईपीओमा हालसम्म ८ हजार २ सय ९६ जना आवेदकले १४ करोड ५५ लाख ९३ हजार रूपैयाँ बराबरको १४ लाख ५५ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

हालसम्म बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा हालसम्म १४ करोड ५५ लाख ९३ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा हालसम्म ८ हजार २ सय ९६ जना आवेदकले १४ करोड ५५ लाख ९३ हजार रूपैयाँ बराबरको १४ लाख ५५ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा फागुन १९ गते बैंकि समयसम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।