१ जेठ, २०८१ मंगलबार

05:16:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा

१७ फागुन, २०७८

गाईघाट शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा

काठमाडौं
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै बि.पि.चोक, बैंक लाइन ,गाईघाट, त्रियुगा नगरपालिका वडा नं.११, उदयपुरमा सोमबार शाखा संचालनमा ल्याएको हो ।

गाईघाट शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो शाखासँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १११ पुगेको छ ।