१ जेठ, २०८१ मंगलबार

07:12:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको ४ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१७ फागुन, २०७८

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने

कुमारी बैंकको ४ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं
कुमारी बैंक लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १४ हजार ९ सय ८२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर रू बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन बैंकले आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ ।