२ जेठ, २०८१ बुधबार

04:29:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

१७ फागुन, २०७८

जाल्पा लघुवित्त वित्तिय संस्था र प्रभु क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको हो ।

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं
जाल्पा लघुवित्त वित्तिय संस्थाले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । जाल्पा लघुवित्त वित्तिय संस्था  र प्रभु क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको हो । उक्त सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकालीले हस्ताक्षर गर्नु भएको छ ।

जाल्पा लघुवित्तवित्तिय संस्था लिमिटेडले २०७८ फागुन १३ गतेदेखि लागु हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पाल घुवित्तवित्तिय संस्थालिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कामहरु गर्ने छ ।