२ जेठ, २०८१ बुधबार

01:59:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबीका ग्राहकलाई हेल्थकेयर सेन्टरमा विशेष छुट, यसरी प्राप्त गर्न सकिन्छ...

Nepal Business

१६ फागुन, २०७८

एनएमबीका ग्राहकलाई हेल्थकेयर सेन्टरमा विशेष छुट, यसरी प्राप्त गर्न सकिन्छ...

ललितपुर । 
एनएमबी बैंकका ग्राहकले अब जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा विशेष छुटमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

उक्त बैंक र सेन्टर बीच उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको गरेकाले छुट प्राप्त गर्न सकिने भएको हो । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमवी बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ । 

समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक ऋचा श्रेष्ठले हस्ताक्षर गर्नुभयो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाईटमा गएर एनएमबी भिजा कार्ड डिस्काउन्ड सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।