१ जेठ, २०८१ मंगलबार

02:39:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ प्रणालीमा रहेको ७ करोड भारतीय रुपैयाँ अझै साटिएन, नेपाल सरकार आजसम्म मौन

१६ फागुन, २०७८

नेपाल राष्ट्र बैंकको ढुकुटीमा ७ करोड भारतीय रुपैयाँ प्रयोग विहीन अवस्थामा रहेको छ ।

बैंकिङ प्रणालीमा रहेको ७ करोड भारतीय रुपैयाँ अझै साटिएन, नेपाल सरकार आजसम्म मौन

काडमाण्डौ 
भारत सरकारले वि.सं २०७३ कात्तिक २३ गते एक्कासी ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । छिमेमी मुलुक भारतले कालो धन नियन्त्रण गर्न भन्दै यि दरका नोटलाई प्रतिबन्ध  लगाएको हो । भारत सरकारको यो निर्णयले नेपाललाई आजसम्म समस्यामा पारिरहेको छ । 

 नेपाल राष्ट्र बैंकको ढुकुटीमा ७ करोड भारतीय रुपैयाँ प्रयोग विहीन अवस्थामा रहेको छ । यदि भारत सरकारले यसलाई साट्ने सुविधा दिएन भने यो भारतीय रुपैयाँ खोस्टा सरह बन्दछ । नेपाल सरकारले यसमा ध्यान नदिएको वा भारत सरकारको बेवास्ता यसले नेपाल सरकारको ११ करोड २० लाख नेपाली रुपैयाँ उपलब्धिहीन बनाइरहेको छ ।

नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्न भारतको केन्द्रीय बैंकलाई पटक पटक पत्राचार गरे पनि सुनुवाइ गरेन । सरकारमा सम्वद्ध राजनीतिक नेताहरुले पनि यस विषयमा खासै चासो दिएको पाइएन ।

भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । यसमा थोरै केही रकम विभिन्न निकायहरुले सटही गरे पनि धेरै रकम अहिले पनि राष्ट्र बैंकका ढुकु्टीमा थन्किएर बसेको छ ।

राष्ट्र बैंकले यी नोट साटिने आशा मारेको छ । त्यतिबेला भारतीय नोट साट्न सक्रियता देखाएका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवकोटी, अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नर डा. चिरञ्जीवि नेपाल राष्ट्र बैंकबाट बाहिरिसक्नु भएको  छ । 

हालको राष्ट्र बैंको नेतृत्वले भने भारु सटहीको विषयमा चासो देखाएको छैन । अव आशा मरिसक्यो, ७ करोड भारु कामहीन बन्न पुग्यो राष्ट्र बैंक स्रोतले बतायो ।

भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । यसमा थोरै केही रकम विभिन्न निकायहरुले सटही गरे पनि धेरै रकम अहिले पनि राष्ट्र बैंकका ढुकु्टीमा थन्किएर बसेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार सर्वसाधारणको समेत जम्मा गरेको भए धेरै भारतीय रुपैयाँ जम्मा हुने थियो । तर सर्वसाधारणहरुसँग भएको नोटहरु राष्ट्र बैंकले साटेन ।

राष्ट्र बैंकलाई भारतीय नोटहरु सटही नगर्नका लागि निर्देशन नै दिएको थियो । भारतले नेपालमा रहेका वैधानिक नोटहरु समेत साटिदिन अनिच्छा देखाएपछि राष्ट्र बैंकले सर्वसाधारणहरुको नोट समेत नसाट्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका तत्कालीन कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले सटही नै बन्द गर्न बैंकहरुलाई पत्र लेख्नु भएको थियो ।

नेपालका  सबै जसो ठाउँमा भारतीय नोटहरु चल्ने गरेका छन् । अझ मोरङको जोगवनी, सप्तरी, सिरहा जस्ता भारतीय सीमा नाका नजिकका क्षेत्रहरुमा नेपाली रुपैयाँ भन्दा पनि बढी भारतीय रुपैयाँहरु चल्ने गरेका छन् । सुदूरपश्चिमका धेरै नेपालीहरु भारतमा श्रम गर्न जाने भएकाले त्यस क्षेत्रमा पनि भारतीय रुपैयाँ निकै रहेको राष्ट्र बैंकको अनुमान थियो ।

सो समयमा  राष्ट्र बैंकले  सर्वसाधारणको नोट सटही गरेन जसले अहिले ११ करोड नेपाली रुपैयाँ बराबरका मात्रै भारतीय नोट थन्किएका छन् ।