१ जेठ, २०८१ मंगलबार

04:26:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वावलम्बन लघुवित्तको कामु सिईओमा गोविन्द चापागाई नियुक्त

१६ फागुन, २०७८

अर्को निर्णय नभएसम्मका लागि वरिष्टक्रममा रहनुभएका नायव महाप्रबन्धक चापागाईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

स्वावलम्बन लघुवित्तको कामु सिईओमा गोविन्द चापागाई नियुक्त

काठमाडौं
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाई नियुक्त हुनुभएको छ । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा चापागाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत खतिवडाले गत माघ १२ गते राजीनामा दिनुभएको थियो । अर्को निर्णय नभएसम्मका लागि वरिष्टक्रममा रहनुभएका नायव महाप्रबन्धक चापागाईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।