४ जेठ, २०८१ शुक्रबार

10:57:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार १६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१६ फागुन, २०७८

छापावाल सुन प्रतितोला १६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं
साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १४०० रुपैयाँले घटेर छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर १३४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी ४० रुपैयाँले घटेको थियो ।