२ जेठ, २०८१ बुधबार

05:43:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

१६ फागुन, २०७८

फागुन १८ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाडौं
नेपाल राष्ट्र बैंकले फागुन १६ गते सोमबारदेखि ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । फागुन १८ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ। यसैगरी, बैंकले ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ जेठ १७ गते परिपक्व हुनेछन्।

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।