१ जेठ, २०८१ मंगलबार

10:58:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

१५ फागुन, २०७८

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

काठमाडौं
राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त हुनु भएको छ । बैंकको पदपूर्ति उप–समितिको सिफारिसमा खड्का डिजिएममा नियुक्त हुनुभएको हो । खड्काले फागुन १५ गते आइतबारदेखि कार्यभार समाल्नुभएको छ ।

नविल बैंक, बैंक अफ् काठमाडौं, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव खड्कासँग रहेको छ ।  खड्काले तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंक हुदै २९ वर्ष देखी बैकिङ्क क्षेत्रमा लामो अनुभव संगाल्नुभएको छ ।साथै उहाँको बैकिङ्क क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।