१ जेठ, २०८१ मंगलबार

03:54:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३ बैंकको बोनस सेयर सूचिकृत

१५ फागुन, २०७८

नेप्सेमा ३ बैंकको बोनस सेयर सूचिकृत

काठमाण्डौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ३ वटा वाणिज्य बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस बापतको २ करोड १९ लाख ७९ हजार ८ सय ५९.६०४५ कित्ता सेयर सूचिकृत भएको हो ।

यसैगरी सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको एक करोड ५६ लाख २१ हजार २ सय ७६.३६ कित्ता सेयर सूचिकृत भएको हो ।

आइतबारै प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस बापतको २ करोड ५७ लाख ३२ हजार ८ सय ५९.०४ कित्ता सेयर सूचिकृत भएको हो ।