४ जेठ, २०८१ शुक्रबार

08:42:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोका–कोलाको “कान्छु प्याक” नेपाली बजारमा

१५ फागुन, २०७८

कान्छु बोतल २५ रुपियाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध

कोका–कोलाको “कान्छु प्याक” नेपाली बजारमा

काठमाडौं
कोका–कोलाले सबैभन्दा सानो “कान्छु प्याक” नेपाली बजारमा ल्याएको छ । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको हो। कोका–कोलाले बजारमा ल्याएको कान्छु बोतल जम्मा रु.२५ रुपियाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ ।

 नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । वातावरण–मैत्री बनाउनको लागि कान्छु बोतललाई पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ ।

यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।

यो नयाँ आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिवद्धता थप प्रमाणित भएको छ ।