७ मंसिर, २०८१ शुक्रबार
06:48:48 AM
१५ फागुन, २०७८
माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउने
काठमाडौं
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ १८ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १७ औं वार्षिक साधारण सभा फागुन २० गते, शुक्रबार दिउँसो १ बजेदेखि कल्पतरू होटल, नेपालगञ्ज र विद्युतिय माध्यम जुमबाट एकसाथ सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने लगाएतका एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।