१ जेठ, २०८१ मंगलबार

05:13:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा

१५ फागुन, २०७८

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा १२ गते हुने

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा

काठमाडौं
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ १३ गते शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकले नवौँ वार्षिक साधारण सभा चैत्र १२ गते शनिबार बोलाएको हो । बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन ।

बैंकले साधारण सभा प्रयोजनका लागि चैत्र २ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।