२ जेठ, २०८१ बुधबार

04:53:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

१५ फागुन, २०७८

ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह

बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

काठमाडौं
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सूचना मार्फत आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न जानकारी गराएको हो । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनस सेयमा लाग्ने कर लगानीकर्ता आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको हो।