१५ बैशाख, २०८१ शनिबार

08:41:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागलुङ कालिकाको भेटी अब सिधै बैंकमा, प्रभु बैंकद्धारा क्युआर कोड उपलब्ध

Nepal Business

१४ फागुन, २०७८

बागलुङ कालिकाको भेटी अब सिधै बैंकमा, प्रभु बैंकद्धारा क्युआर कोड उपलब्ध

बागलुङ,
बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । 

नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने

प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो । शनिबार क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताउनुभयो । 

“देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चडाउन सक्छौँ”, उहाँले भन्नुभयो, “नोटको सुरक्षामा यो प्रविधि निकै उपयुक्त हुनेछ ।”
मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्नेलगायत समस्या हुने गरेको भन्दै उहाँले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताउनुभयो ।

मन्दिर परिसरमा क्यूआर कोड राखिने छ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने छन् । सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले  मन्दिर परिसरमा  कोड हस्तान्तरण गरेको हो ।

क्यूआर कोडको सुरुआत गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि रु पाँच हजार ५५५ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले रु एक हजार १११ सहयोग गर्नुभएको छ ।