२७ बैशाख, २०८१ बिहिबार

03:45:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार छलेर चितवनसम्म कसरी आइपुग्यो साँढे तीन करोडको माल ? चार चालक र ट्रक नियन्त्रणमा

१४ फागुन, २०७८

आवश्यक कारबाहीका लागि पुनः वीरगन्ज भन्सार कार्यालय पठाइएको छ

भन्सार छलेर चितवनसम्म कसरी आइपुग्यो साँढे तीन करोडको माल ?  चार चालक र ट्रक नियन्त्रणमा

नेपाल विजनेश समाचारदाता,

चितवन । विभिन्न नाका छल्दै राजस्व नै नतिरी काठमाडौँ ल्याईँदै गरिएको साँढे तीन करोडको मालसामान चितवनमा आइपुगेपछि बरामद गरिएको छ ।

चितवनको खैरहनी नगरपालिका ८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चार वटा ट्रकमा हालेर ल्याउँदै गर्दा तीन सामान बरामद गरिएको हो ।

४ वटा ट्रकमा ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तनसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानहरू बरामद भएको प्रहरीले जनाएको छ

४ वटा ट्रकमा ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तनसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानहरू बरामद भएको प्रहरीले जनाएको छ । चारवटा ट्रकसहित चार जना चालकलाई समेत नियन्त्रणमा लिइएको छ । 
उनीहरुले पर्सा वीरगन्जबाट भन्सार छली लत्ता कपडाहरुलगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त सामान बरामद गरिएको हो । 

बरामद मालसामान, ४ वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि पुनः वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।