२ जेठ, २०८१ बुधबार

05:49:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारीको व्याज बढ्यो : अधिकतम सीमा १६ प्रतिशत, सेवा शुल्कमा १.५ प्रतिशतसम्म लिन पाउने

Nepal Business

१३ फागुन, २०७८

यसअघि १४ दशमलव ७५ प्रतिशतसम्म व्याज लिन पाउने व्यवस्था रहेकोमा अबदेखि भने १६ प्रतिशतसम्म लिन पाइने

सहकारीको व्याज बढ्यो : अधिकतम सीमा १६ प्रतिशत, सेवा शुल्कमा १.५ प्रतिशतसम्म लिन पाउने

नेपाल विजनेश समाचारदाता, 
काठमाडौँ । 
नेपालका सहकारीको व्याजदर वृद्धि भएको छ । यसअघि १४ दशमलव ७५ प्रतिशतसम्म व्याज लिन पाउने व्यवस्था रहेकोमा अबदेखि भने १६ प्रतिशतसम्म व्याज लिन पाइने भएको छ ।

 सहकारी ऐन २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसको आधारमा सहकारी संघ/संस्थाहरुका लागि यही फागुन १५ गतेदेखि लागु हुने गरी यसरी व्याज बढाइएको हो ।

सहकारी ऐन २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसको आधारमा सहकारी संघ/संस्थाहरुका लागि यही फागुन १५ गतेदेखि लागु हुने गरी यसरी व्याज बढाइएको हो ।  

सहकारी विभागले व्याजदर अधिकतम १६ प्रतिशत तोकिदिएको छ । सबै सहकारी संघ÷संस्थाले सदस्यहरुलाई ऋण प्रवाह गर्दा अधिकतम सीमा १६ प्रतिशत बढाउने पाउने छैन । बचत र ऋणको व्याजदर अन्तर ६ प्रतिशत कायम गर्न भनिएको छ । 

सेवा शुल्क अधिकतम १.५ प्रतिशत लिन पाउने

बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी संस्थाहरुले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ १ प्रतिशत र सामुहिक जमानीतर्फ एक दशमलव ५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ व्याजदर लागू गर्ने व्यवस्था गर्न गराउन भनेको विभागका रजिष्टार रुद्रप्रसाद पंडितले बताउनुभएको छ ।

 यसरी तोकिएको सन्दर्भ व्याजदर सहकारी संघ÷संस्थाहरुका लागि निर्देशक व्याजदरको रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघहरुबाट पालनाको अनुगमन गर्दा सहकारी कानुन बमोजिम हुने जनाइएको छ ।