१६ बैशाख, २०८१ आइतबार

03:27:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाग्लुङ नगरपालिकाका उप–प्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर

१३ फागुन, २०७८

काम पुरा भएको भुक्तानी दिएपनि फिल्डमा काम नै नभएको देखिएको सम्वन्धमा विभिन्न सञ्चार माध्यायममा समाचार सार्वजनिक भएपछि आयोगमा परेको उजुरीमाथी छानविन गर्दा यस कार्यमा संलग्न ८ जना विरुद्ध विशेष अदालतमा आयोगले मुद्धा दायर गरेको हो ।

बाग्लुङ नगरपालिकाका उप–प्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर

काठमाण्डौ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ नगरपालिकाको दावगरा बसपार्क निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा बाग्लुङ नगरपालिकाका तत्कालीन प्राबिधिक प्रमुख सिडिई दयाराम अधिकारी सहित ८ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।

काम पुरा भएको भुक्तानी दिएपनि फिल्डमा काम नै नभएको देखिएको सम्वन्धमा विभिन्न सञ्चार माध्यायममा समाचार सार्वजनिक भएपछि आयोगमा परेको उजुरीमाथी छानविन गर्दा यस कार्यमा संलग्न ८ जना विरुद्ध विशेष अदालतमा आयोगले मुद्धा दायर गरेको हो । 

आयोगले ८ जनालाई जनही पाँच लाख नब्बे हजार पाँच सय बरावरको बिगो मागदावी गर्दै आरोप पत्र दायर गरेको हो ।

आयोगले सब इन्जिनियर घनश्याम रिजाल, ञ्जिनियर मनोज शर्मा,  मनोज शर्मा, बागलुङ्ग नगरपालिका, वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसी, नगर उपप्रमुख सुरेन्द्र खड्का, इन्जिनियर, दावगरा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाष चन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य र सचिव गुणनिधि शर्मा भ्रष्टाचारमा संलग्न रहेको पाइएसंगै उनिहरु विरुद्ध आरोपत्र दायर गरेको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।