३ जेठ, २०८१ बिहिबार

04:31:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्झौता

१३ फागुन, २०७८

एनसीसी बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेजबिच ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सम्झौता

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता भएको छ । एनसीसी बैंक र काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेजबीच ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै एनसीसी बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
 
साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत उक्त छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।  एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।