४ जेठ, २०८१ शुक्रबार

09:40:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोर्स गुर्खाको बुकिङ खुल्ला, मूल्य कति ?

१३ फागुन, २०७८

फोर्स गुर्खाको बुकिङ खुल्ला, मूल्य कति ?

काठमाण्डौं

फोर्स गुर्खा जिपको ‘बुकिङ’ खुल्ला भएको छ । भारतीय बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा जिप लामो समयपछि नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको हो । फोर्स

मोर्टसको आयातकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.लिले फोर्स गुर्खा आयात तथा विक्रि गर्दछ । उक्त जिपको सुरुवाती मूल्य ७८ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । साथै यो मूल्य केहि समयका लागि मात्र लागू हुने पनि जनाएको छ । 

विशेषता कस्ता छन् ?

विशेषगरी उक्त जिप अफरोड र एडभेन्चर ट्राभलका लागि उपयुक्त छ । एडभेन्चर ट्राभल मन पराउने ग्राहकहरुका लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको कम्पनीले जनाएको छ । यसमा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री गे्रडिएविलिटी र उच्च ग्रावन्ड क्लियरेन्स भएकाले जस्तो सुकै बाटोमा पनि चलाउन सकिन्छ । 

यसका साथै वल्की डिजाइन र वोल्ड लुक्स भएको जिपमा आर्कषक एलईडी हेडल्यम्प विथ डी आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जिरियस पाइलट सिट, कोयल स्पिङ सस्पेन्शन लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । 

यति मात्र होइन, जिपमा स्नोरकल भएकोले ७०० एमएम पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग, ए.वि.एस, ई.डी.वी ब्रेक र रिर्भस पार्किङ सेन्सर तथा थ्री डोर डिजाइन र ४ सिट क्षमता रहेको छ ।