३१ भदौ, २०८२ मंगलबार
02:43:57 PM
१३ फागुन, २०७८
एचआईडीसीएलले फागुन १ गतेदेखि संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गर्न फागुन १५ गतेसम्म समय तोकेको थियो ।
काठमाडौं
नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को हकप्रद सेयरको लिलामी स्थगित गरिएको छ। कम्पनीले एक सूचना जारी गर्दै बोर्डको फागुन १२ गतेको पत्रानुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिलामी बढाबढमार्फत बिक्री गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।
एचआईडीसीएलले फागुन १ गतेदेखि संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गर्न फागुन १५ गतेसम्म समय तोकेको थियो ।