२ जेठ, २०८१ बुधबार

07:43:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

१३ फागुन, २०७८

बैंकले १ सय रुपियाँ अंकित दरमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

काठमाडौं
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन शुक्रबार अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा कम्पनीले फागुन १३ गते शुक्रबारसम्म समय थप गरेको थियो।

बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले १ सय रुपियाँ अंकित दरमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एकदिन बुकक्लोज गरेको थियो । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।