२ मंसिर, २०८१ आइतबार
01:43:00 PM
१२ फागुन, २०७८
सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषदमा
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ ।
गृह मन्त्रालयले ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८’ को मस्यौदा तयार पारी उक्त प्रक्रिया थालेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयले उक्त मस्यौदा सैद्धान्तिक सहमतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको जनाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयले उक्त मस्यौदा सैद्धान्तिक सहमतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको जनाइएको छ ।
मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले प्रस्तावित विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ । हाल ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा बन्देज लगाएको छ ।
मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।
काठमाडौँ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र अन्य विभिन्न सङ्घ संस्थाले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका पनि जनाइएको छ ।