२ जेठ, २०८१ बुधबार

09:29:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंकको थप २ वटा नयाँ शाखा टेकु र पेप्सीकोलामा

१२ फागुन, २०७८

हालसम्म बैंकको १२८ शाखा रहेको छ भने १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।

सेञ्चुरी बैंकको थप २ वटा नयाँ शाखा टेकु र पेप्सीकोलामा

काठमाडौं
सेञ्चुरी बैंकले थप २ वटा शाखा थपेको छ । बैंकले फागुन १२ गते बिहीबारदेखि काठमाडौंको टेकु र पेप्सीकोलामा थप २ वटा शाखा सञ्चालनमा ल्याएको हो ।  बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

थप २ वटा शाखा संचालनमा आएपछि काठमाडौं उपत्यमा बैंकको २५ वटा शाखा पुगेको छ । हालसम्म बैंकको १२८ शाखा रहेको छ भने १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।  
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।