३ जेठ, २०८१ बिहिबार

05:58:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकको १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर लिलामीमा

१२ फागुन, २०७८

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा सेयर बिक्री गर्ने

मेगा बैंकको १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं
मेगा बैंक नेपाल लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेस गर्न आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर  बिक्री गरिने बैंकले जनाएको छ ।