२ जेठ, २०८१ बुधबार

12:27:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, बुकक्लोज पहिले ?

१२ फागुन, २०७८

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, बुकक्लोज पहिले ?

काठमाडौं
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्स कम्पनीले चैत ४ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १२ः३० बजेबाट सुरु हुनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले फागुन २० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र फाइनान्सको साधारण सभामा सहभागि हुन पाउने छन् ।